सन्धिखर्कमा श्रमिक पशुपति जिसी (लक्ष्मण) लाई गरियो सम्मान

सन्धिखर्क ।अर्घाखाँचीमा नियमित रूपमा श्रम गर्दै आएका पशुपति जिसी (लक्ष्मण) १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सम्मानित भएका छन्।
उहाँलाई अन्टुक अर्घाखाँचीले सन्धिखर्कमा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो।

बिहानदेखि साँझसम्म संगीतको तालमा नाच्दै–गाउँदै सन्धिखर्क क्षेत्रमा सामग्री ठेला तथा गाडीबाट सामान लोड–अनलोड गर्ने काम गर्दै आएका जिसीको मेहनत र योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ।
स्थानीय स्तरमा निरन्तर श्रम गर्दै आएका जिसीको यो सम्मानले श्रमको मूल्य र श्रमिकप्रतिको सम्मान झल्काएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation