विश्व शान्ति सम्मेलन सम्पन्न, दाइजोमुक्त विवाह र रक्तदानले दियो सामाजिक सन्देश

धनुषा, वैशाख २१ । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको पावन उपस्थिति तथा दिव्य मार्गदर्शनमा सतलोक आश्रम धनुषामा आयोजित विश्व शान्ति सम्मेलन समारोह तीन दिनसम्म अत्यन्त भव्य र उल्लेखनीय रूपमा सम्पन्न भएको छ। यो महाअनुष्ठानको आज अन्तिम दिन अखण्ड पाठको समापन गरिएको छ। समापनको अवसरमा परमात्मालाई भोग लगाएर भोगको वाणी पाठ गरिएको थियो भने भोग लगाएको पवित्र प्रसाद श्रद्धालुहरूलाई वितरण गरिएको छ।

कार्यक्रम वैशाख १८ गते सन्त गरीबदास जी महाराजद्वारा रचित अमर ग्रन्थ साहेबको अखण्ड पाठ तथा पाठ प्रकाशसँगै सुरु भएको थियो। पूरै तीन दिन निरन्तर चलेको अखण्ड पाठले वातावरणलाई दिव्य बनाएको थियो।
दोस्रो दिन दाइजो तथा आडम्बररहित ४ जोडी नवदम्पतीको सामूहिक विवाह विशेष रूपमा सम्पन्न भयो। बिना दाइजो, बिना भोजभत्तेर र बिना ब्यान्डबाजाको यो सरल तथा पवित्र विवाहले समाजमा कुरीतिको अन्त्य गर्न एउटा अनुकरणीय नमुना प्रस्तुत गरेको छ। सोही दिन आयोजित रक्तदान शिविरमा ५१ जनाले रक्तदान गरेर मानवीय सेवाको भावना प्रकट गरेका थिए। प्रमुख आकर्षणको रूपमा रहेको आध्यात्मिक प्रदर्शनीमा पनि हजारौं श्रद्धालुहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री श्री कृष्णप्रसाद यादव ज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँसँगै नेपाली कांग्रेसका केन्द्रीय नेता तथा सांसद डा। चन्द्र मोहन यादव ज्यूको पनि उपस्थिति रहेको थियो। दुवै नेताले कार्यक्रमका विभिन्न गतिविधिको अवलोकन गर्दै सन्त रामपाल जी महाराजको सामाजिक तथा आध्यात्मिक प्रयासको प्रशंसा गर्नुभएको थियो।
यो महा(अनुष्ठान नेपाल र भारतका १३ वटा सतलोक आश्रमहरू तथा विश्वभरका ५५० भन्दा बढी नामदान केन्द्रहरूमा एकैसाथ सञ्चालन भएको थियो। विश्वभरबाट लाखौँ संख्यामा अनुयायी तथा गैर(अनुयायी भक्तजनहरू यसमा हर्षोल्लासका साथ सहभागी भए। सतलोक आश्रम धनुषामा आउने सम्पूर्ण श्रद्धालुहरूका लागि खान, बस्न, स्नान गर्न लगायत सम्पूर्ण सुविधाहरू निःशुल्क उपलब्ध गराइएको थियो। सन्त रामपाल जी महाराजले कलियुगमा सत्ययुग ल्याउने दिव्य अभियानअन्तर्गत विश्वबाट युद्ध, हिंसा, अशान्ति र सामाजिक विकृति अन्त्य गरी स्थायी शान्ति, सद्भाव तथा नशामुक्त समाज निर्माण गर्न यो महा(अनुष्ठान आयोजना गर्नुभएको हो। अहिले विश्वमा तेस्रो विश्वयुद्धको खतरा बढिरहेको बेला उहाँको यो प्रयासलाई शान्ति स्थापनाको महत्त्वपूर्ण कदमको रूपमा हेरिएको छ।


समापनको अवसरमा परमात्मालाई भोग लगाएर तयार पारिएको पवित्र प्रसाद वितरण गरियो। भक्तजनहरूको गहिरो आस्था छ कि परमात्माको भोग लगाएको प्रसाद ग्रहण गर्दा जन्म(जन्मान्तरका पापहरू पखालिन्छन् र आध्यात्मिक उन्नति हुन्छ। यसै विश्वासले पनि लाखौं श्रद्धालुहरू यो कार्यक्रममा अनिवार्य रूपमा उपस्थित हुने गरेका छन्।
सतलोक आश्रम धनुषा यस पटक पनि आध्यात्मिक ऊर्जा र दिव्य शक्तिको प्रमुख केन्द्र बनेको छ। सन्त रामपाल जी महाराजको दिव्य सत्संग, निःशुल्क नाम दीक्षा र विशाल भण्डाराले सम्पूर्ण भक्तजनहरूलाई गहिरो प्रभाव पारेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation