सागर महत,वैशाख २२ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क मा “हाम्रो साहस” को आयोजनामा अन्तरपुस्ता छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल ले पछिल्लो समय जातीय विभेद विगतको तुलनामा निकै कम हुँदै गएको बताउनुभयो। उहाँका अनुसार यस विषयमा प्रभावकारी रूपमा समुदायस्तरमै कार्यक्रम सञ्चालन गर्दै नगरपालिकाले वडा तहसम्म जनचेतना विस्तार गरिरहेको छ।

“यदि जातीय विभेदको अन्त्य हामी आफैँबाट सुरु गर्यौं भने विद्यालय, घर र समुदायमा समानताको वातावरण बन्नेछ,” उहाँले जोड दिनुभयो।
यसैगरी सन्धिखर्क १० का वडा अध्यक्ष मोहन सिंह ठकुरी ले घरभित्रबाटै परिवर्तन सुरु हुनुपर्ने बताउँदै विशेषगरी महिलाहरू सचेत भएमा दलित तथा गैरदलितबीचको विभाजन क्रमशः अन्त्य हुँदै जाने धारणा राख्नुभयो।

कार्यक्रममा इन्सेक का प्रतिनिधि कुलबहादुर नेपाली ले जिल्लामा अझै पनि विभेदसम्बन्धी मुद्दाहरू दर्ता भइरहेकाले यसको अन्त्यका लागि समावेशी प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले सबै समुदायको अधिकार सुनिश्चित गर्दै कसैलाई पनि वञ्चित हुन नदिने दिशामा काम गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सहजीकरण गर्दै राधा नेपाली ले “साहस अन्तरपुस्ता कार्यक्रम” मा जेनजीदेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता भएकाले समुदायको समग्र आवाज बुझ्न सहज भएको बताउनुभयो। यो कार्यक्रम भुमिकास्थान नगरपालिका का वडा नम्बर ३ र ४ तथा सन्धिखर्क नगरपालिका का वडा नम्बर २ र १० मा सञ्चालन भइरहेको उहाँको भनाइ छ ।

कार्यक्रममा सहभागी ठाकुर अधिकारी, गोविन्द सुनार,शिवनाथ श्रेष्ठ,लेखनाथ भुसाल,कमल पोखरेल ,दिपक भुसाल, मुख्य उद्देश्य जातीय विभेद अन्त्य गर्नु रहेको छ। यसका लागि सबै निकायको सहकार्य अपरिहार्य रहेको आयोजकले जनाएको छ ।दलित चेतना विकास सघ अर्घाखाँचीकी अध्यक्ष बसन्ता गतराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रम अनिल नेपालीको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा सहभागीहरूले पनि विगतको तुलनामा हाल विभेद घट्दै गएको अनुभव सुनाएका थिए ।

















