सागर महत, वैशाख २३ अर्घाखाँची ।सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ ले बजार क्षेत्रभित्र रहेका सल्लो प्रजातिका रुख हटाउने अभियान सञ्चालनमा नगरपालिका सक्रिय रहेको बताउनुभएको छ। सन्धिखर्क वडा नम्बर १ र २ का विभिन्न स्थानमा रहेका सल्लाका रुखहरू हटाउने कार्य समन्वयका साथ अघि बढाइएको उहाँको भनाइ छ।

डिभिजन वन कार्यालय अर्घाखाँची को आयोजना तथा सव डिभिजन वन कार्यालय सन्धिखर्कको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले यस्तो जानकारी दिनुभएको हो।

उहाँका अनुसार सल्लो प्रजातिका रुखहरू बढी भएको क्षेत्रमा आगलागीको जोखिम उच्च हुने गर्दछ। पछिल्लो समय बसाइँसराइ बढ्दै जाँदा घाँस ,दाउराको उपयोग घटेकाले वन क्षेत्रमा डढेलोको जोखिम अझ बढेको उहाँले उल्लेख गर्नुभयो।डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख नारायदेव भट्टराई ले डढेलो नियन्त्रणका उपाय, वन्यजन्तुको आक्रमणबाट हुने क्षति, वन संरक्षणका फाइदा तथा सामुदायिक वनको अधिकारबारे सहजीकरण गर्नुभएको थियो।यस्तै बाँदर बँदेल जस्ता जगंली जनावरबाट जोगाइने अर्थात बैकल्पीक खेती टिमुर ,तेजपातका विरुवा लगाउन आफुहरुले समन्वय गर्दै आएको बताउनुभएको हो ।

उक्त कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष माधव श्रेष्ठ, वडा नम्बर २ का मोतोजंग रायमाझी, वडा नम्बर ३ का जम्श्वेयर मिया ४का कृष्णप्रसाद श्रेष्ठ तथा वडा नम्बर ५ का ऋषव अधिकारी सामुदायिक वनका पदाधिकारी लगायतको सहभागिता रहेको कार्यक्रम सव डिभिजन वन कार्यालय सन्धिखर्कका प्रमुख दशराम चौधरी को सञ्चालनमा सम्पन्न भएको हो ।



















