सागर महत,वैशाख २९अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी–८ पाली कोल्डाँडा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो ।
मृतक मध्ये पोखरा १९ कास्की निवासी ७८ वर्षीय राममाया बस्नेत, पर्वत मोदी ५कि अन्दाजी ५० वर्षीय बिन्दु कुवर,सोही ठाउँ कि ५० वर्षीय कोशिला रेग्मी र चालक पर्वत मोदीका ४५ वर्षिय रमेश जिसी रहेको उहाँको भनाइ छ ।
दुर्घटनामा परेर २७ जना घाइते भएको सुचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।
अर्घाखाँची अस्पताल सन्धिखर्क का निमित्त प्रमुख डक्टर खगेन्द्र आचार्यका अनुसार घाइते हुनेमा पर्वत जिल्ला मोदी ५ का दिपा पौडेल, विष्णु केसी, देवबहादुर क्षेत्री सुन्तली कुँवर, उमा पौडेललाई थप उपचारको लागि भैरहवा रेफर गरिएको छ । यस्तै पर्वत को मोदी५की राधिकाको अवस्था सामन्य रहेको र अस्पतालमा उपचार भइरहेको जनाएको छ ।
१२ जनालाई उपचारको लागि पाल्पा रिफर गरिएको छ भने अन्यको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको बताएको छ ।बसमा ३१ जना यात्रु थिए ।बस ब्रेक फेल भएर दुर्घटना भएको बताएको छ ।बस सडक देखि करिव १सय४०मिटर तल खसेको हो।

















