मुस्लिम आयोगको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न,प्रदेश सरकार राज्यको लागि भारी हुँदै गएको प्रदेश प्रमुख घर्तीको भनाइ

सागर महत,वैशाख ३१अर्घाखाँची ।
लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले प्रदेश सरकार राज्यका लागि आर्थिक रूपमा धेरै भारी बन्दै गएको बताउनुभएको छ। अहिले देशभरबाट संकलन हुने राजस्वका आधारमा प्रदेश सञ्चालन गर्न चुनौती रहेको उहाँको भनाइ छ। मुस्लिम आयोगको आयोजनामा अर्घाखाँचीको सन्धिखर्कमा मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख घर्ती मगरले यस्तो धारणा व्यक्त गर्नुभएको हो।
उहाँले संघीय सरकारका लागि २७५ सांसदको संरचना पनि राज्यका लागि आर्थिक रूपमा भारी भएको उल्लेख गर्नुभयो। साथै प्रदेश प्रमुखको पदको जिम्मेवारी खासै धेरै नभएको समेत बताउनुभयो।

फरक प्रसंगमा बोल्दै उहाँले मुस्लिम समुदायका केही बालबालिका अझै पनि शिक्षाबाट वञ्चित रहेको बताउनुभयो। ती बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सबै पक्षले मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ छ।कार्यक्रममा बोल्दै मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले नेपालमा मुस्लिम समुदायको जनसंख्या १४ लाख ८३ हजार ६६ रहेको जानकारी दिनुभयो। उहाँले मुस्लिम समुदायप्रति राज्यले हेर्ने दृष्टिकोणमा अझै सुधार आवश्यक रहेको बताउनुभयो।


कार्यक्रममा मुस्लीम आयोगका सदस्य मोहम्मद समथुल हक,अर्घाखाँची जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला ,पाणिनि गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, निमित्त प्रमुख जिल्ला अधिकारी झविलाल भटटराई ,सन्धिखर्क २का वडा अध्यक्ष मोतीजंग रायमाझी ,छत्रदेव १ का वडा अध्यक्ष काजीबाबु ज्ञवाली २का शंकर खनाल,पाणिनि ८का वडा अध्यक्ष रोमबहादुर पाण्डे लगायले शुभकामना मन्तव्य राख्दै यि यस्ता कार्यक्रम समुदाय स्तरमा गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मुस्लीम समुदायको हक सुरक्षित गर्न आयोग थप जिम्मेवार भएर लाग्न आवश्यक रहेको सहभागीले भनाइ राखेका थिए ।

कार्यक्रम मुस्लीम आयोग कि उपसचिव शोभा कुमारी पोखरेलको संचालनमा सम्पन्न भएको हो ।कार्यक्रममा जिल्ला समन्वय समन्य समिति कि उपप्रमुख लक्ष्मी शर्मा ज्ञवाली, सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्य,पाणिनि गाउँपालिका अपाध्यक्ष नर्मदा पौडे्ल,सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकिय अधिकृत प्रमोद खनाल,सन्धिखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठ,३का वडा अध्यक्ष जम्शेर मिया लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation