सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले करदाता सेवा प्रवाह कार्यको शुभारम्भ गरेको छ । सन्धिखर्क नगरपालिकामा ४हजार करदाता सेवाग्राही रहेका छन् ।
नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले ब्यानर वाचन गरेर उद्धाटन गरेको कार्यक्रममा नगर उपप्रमुख मिश्रा आचार्य ,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनाल तथा आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सेवा कार्यालयको शुभारम्भ गरिएको हो ।
सोही अवसरमा कस्तुरी एग्रो रिसोर्ट एण्ड इभेन्ट्स प्रालीका सञ्चालक राजन आचार्य लाई स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय सरकार नागरिकको घरदैलोमै सेवा पु¥याउने उद्देश्यअनुसार कर सेवा सञ्चालन गरिएको बताउनुभयो।।स्थानीय तहबाटै करसम्बन्धी सेवा सुरु भएपछि सहज, छिटो र झन्झटमुक्त सेवा पाउने भन्दै सेवाग्राहीहरू उत्साहित बनेका छन् ।

















