छत्रदेवको चन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीले गणित विषयको माग गरे

सागर महत,जेठ १३अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको आयोजनामा “जनप्रतिनिधि संग विद्यार्थी” कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम अन्तर्गत गाउँपालिका वडा नम्बर १ चिदिकास्थित चन्द्र माध्यमिक विद्यालयमा विद्यार्थीहरुले गणित विषयको शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भएको बताएका छन्।

साथै विद्यालयमा खानेपानीको समस्या समेत रहेको उनीहरुले गुनासो गरेका हुन् ।तर शिक्षकको विषयमा भने विद्यालयले  पटक पटक सुचना खुलाउदा समेत आवेदन दिन नआएको बताएको हो ।यस्तै महेन्द्र विद्या बोध नेत्रलालरामणि माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा विद्यार्थीहरुले स्कुल बस र छात्रावास (होस्टल) को माग गरेका थिए ।


दुवै कार्यक्रममा सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष मनी पन्थीले विद्यार्थीका आधारभूत समस्या समाधानका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले विद्यार्थीको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, विद्यार्थी र अभिभावकबीच सुमधुर सम्बन्ध आवश्यक रहेको उल्लेख गर्नुभयो ।


उहाँले पछिल्लो समय विद्यार्थीहरु सामाजिक सञ्जालको बढी प्रयोगतर्फ आकर्षित भइरहेको भन्दै सामाजिक सञ्जालको अत्यधिक प्रयोगभन्दा पठनपाठनमा ध्यान दिन आग्रह गर्नुभयो ।कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको ग्रामीण तथा सामुदायिक स्वास्थ्य विकास केन्द्र अर्घाखाँचीले सहजीकरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation