सागर महत,जेठ१५अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ को आयोजनामा महिला सशक्तीकरण तथा एकल महिलाहरुलाई कानुनी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका उप–प्रमुख मिश्रा आचार्य ले महिलाहरू सबैभन्दा पहिले आर्थिक रूपमा सक्षम हुन आवश्यक रहेको बताउनुभयो। आफूसँग भएको सीप र क्षमताको उपयोग गरेर महिलाहरू आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ थियो। नगरपालिकाले विभिन्न सीपमूलक तथा क्षमता अभिवृद्धिसम्बन्धी तालिम सञ्चालन गर्दै आएको समेत उहाँले जानकारी दिनुभयो।

उहाँले विगतको तुलनामा अहिले एकल महिलाको अधिकारका पक्षमा विभिन्न निकायको साथ र सहयोग बढ्दै गएको उल्लेख गर्नुभभएको हो ।
महिलाका सवालमा आवश्यकताका आधारमा कार्यक्रम सञ्चालन गर्दै आएको सन्धिखर्क १ का वडा अध्यक्ष माधव श्रेष्ठले बताउनुभयो ।यस वर्ष महिला सशक्तीकरण र एकल महिलालाई कानुनी सचेतना प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।
महिलामाथि हुने हिंसा, विभेद तथा अन्य सामाजिक समस्याबारे जानकारी दिनुका साथै कानुनी सचेतना फैलाउने उद्देश्यले कार्यक्रम गरिएको वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो।

कार्यक्रममा वडा सदस्यहरू बाबु्राम पन्थी, सुन्तली श्रेष्ठ, एकल महिला सञ्जाल जिल्ला अध्यक्ष सारदा बस्याल,एकल महिला सञ्जाल सन्धिखर्क नगरपालिका अध्यक्ष खगेश्वरा बस्याल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी झलक प्रसाद शर्मा ले महिला हिंसा न्यूनीकरणका उपाय, समस्या परेमा प्रहरीमा उजुरी दिने प्रक्रिया लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा वडा सदस्य भगवता पाण्डे सुनार, श्रीधर मुखीया तथा सन्धिखर्क–१ भित्र रहेका एकल महिला लगायतको सहभागिता रहेको थियो। कार्यक्रम वडा सचिव तुल्सा श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।


















