अर्घाखाँचीका किसान गुनप्रसाद श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट सम्मानित

सागर महत,जेठ१६ अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१ सुक्मी फाँटमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएका किसान गुनप्रसाद श्रेष्ठ राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएको छ।


राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार एक समारोहका बीच रामचन्द्र पौडेल ले श्रेष्ठलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गर्दै सम्मान गर्नुभएको हो। देशभरबाट छनोट भएका १४ जना उत्कृष्ट किसानमध्ये श्रेष्ठ पनि पर्न सफल हुनुभएको हो।
लामो समयदेखि व्यावसायिक तरकारी उत्पादनमा सक्रिय श्रेष्ठले आधुनिक तथा व्यवसायमुखी कृषि अभ्यासमार्फत उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको छ। उहाँको यो सम्मानले अर्घाखाँचीका कृषकहरूलाई थप उत्साहित बनाउनुका साथै जिल्लाको कृषि क्षेत्रको पहिचानलाई राष्ट्रिय स्तरमा स्थापित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation