स्वर्गीय कुन्ती नेपालीको पुण्यतिथिमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

अर्घाखाँची । स्वर्गीय कुन्ती नेपालीको १२ औँ दिनको पुण्यतिथिको अवसरमा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ निवासी समाजसेवी भिम व। नेपाली र उनका छोराछोरीहरूले स्थानीय दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन्। आफुले जिवनको शुरूवात गरेको विधालय र आफुलाई यो स्थानमा पुर्‍याएको विधालयमा केही गरौ भनेर नेपाली परिवारले
चन्द्र प्रभा माध्यमिक विद्यालयका करिब २सय६० विद्यार्थी कापीकलम १३ जनालाई २ हजाका दरले २६ हजार भगवती आधारभूत विद्यालयका करिब ४० विद्यार्थीलाई कापीकलम वितरण गरेको छ। साथै, पाँच जना असहाय विद्यार्थीलाई रु १० हजार बराबरको शैक्षिक सामग्री प्रदान गरिएको छ भने कुन्तीकला नेपाली स्मृति अक्षय कोषमा रु ३० जम्मा गरिएको छ।

मृतक नेपालीका श्रीमान् भिम बहादुर नेपाली परिवार लामो समयदेखि अर्घाखाँची जिल्लामा समाजसेवा, शिक्षा, स्वास्थ्य, विकास निर्माण र स्थानीय समृद्धिमा योगदान गर्दै आउनु भएको छ परिवारका सदस्यहरू विभिन्न क्षेत्रमा सक्रिय रहेका छन् — दुर्गा बहादुर नेपाली नेपाल निर्माण व्यबसायी अर्घाखाँचीका सदस्य हुनुहुन्छ भने जिल्लामा विधुतीकरण लगायत विकास निर्माणका सवालमा उल्लेखनीय काम गदै आउनु भएको छ उहाँका साइला छोरा नेपाल आर्मीबाट रिटायर भइसकेका छन्, अहिले उनी बैदेशिक रोजगारीमा छन् भने जेठा र माईला छोराहरू भारतमा जागिरमा छन्।मृतक नेपाली काइला छोरा दुर्गा बहादुर नेपालीले बताएअनुसार, “हामीले आमाबाट प्राप्त प्रेरणाले हाम्रो जीवन र समाज सुधारतर्फको योगदानलाई निरन्तरता दिएको छ। यस अवसरमा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्न पाउँदा अत्यन्त खुशी लागेको छ।”परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसरमा गरेको योगदानले विद्यालय र विद्यार्थीहरूमा सकारात्मक प्रभाव पारेको छ।

दुबै विद्यालयका प्रधानाध्यापकहरूले परिवारको समाज सुधार, शिक्षा प्रवर्द्धन र सकारात्मक योगदानलाई प्रेरणादायक बताउँदै सबैले यसलाई अनुसरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
यस अवसरमा नेपाली परिवारले समाज रूपान्तरण, शिक्षा प्रवर्द्धन र असहाय विद्यार्थीहरूलाई सहयोग गर्ने दृष्टिकोणलाई उजागर गरेको छ। कार्यक्रमले स्थानीय समुदायमा सहयोग, शिक्षा र समाजसेवामा सक्रियताका दृष्टान्त प्रस्तुत गरेको छ।
कार्यक्रमका सहभागीहरूका अनुसार, यस्तो कदमले स्थानीय चेतना, सकारात्मक सोच र समुदायप्रति अपनत्व बढाउन ठूलो भूमिका खेलेको छ। कार्यक्रमले नेपाली परिवारको दीर्घकालीन योगदान र सामाजिक प्रतिबद्धतालाई उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation