भेनेजुएलाका राष्ट्रपतिलाई पक्राउ गरेको अमेरिकी राष्ट्रपति ट्रम्प भनाइ

काठमाण्डौं ।राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाविरुद्ध आक्रमणसहित राष्ट्रपति निकोलास मदुरोलाई पक्राउ गरेको बताउनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै मदुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरेर देशबाहिर लगिसकिएको बताउनुभएको हो ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो र प्रथम महिला रहेको ठाउँका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताउनुभएको बीबीसीले जनाएको छ । सीबीएस न्यूजका अनुसार अमेरिकी सेनाको डेल्टा फोर्सले मदुरोलाई पक्राउ गरेको हो ।

डेल्टा फोर्स अमेरिकाको शीर्ष प्रतिआतङ्कवाद सैन्य एकाइ हो । यसअघि अमेरिकाले मदुरोलाई पक्राउ गर्न सघाउनेगरी जानकारी दिनेलाई पाँच करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । आज भेनेजुएलाको राजधानी कराकाससहित विभिन्न भागहरूमा विस्फोटहरू भएका छन् । क्षतीको विवरण आइसकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation