भारतमा सयौँ छाडा कुकुरहरू मारिएको विषयमा अनुसन्धान गर्दै

एजेन्सी ।दक्षिणी भारतीय राज्य तेलङ्गानाका अधिकारीहरूले गएको महिना कम्तीमा ६ वटा गाउँमा सयौँ छाडा कुकुरहरू मारिएपछि अनुसन्धान शुरू गरेका छन् । प्रहरीले अहिलेसम्म कम्तीमा ३ सय ५४ वटा कुकुर मारिएका पुष्टि गरेको र केही घटनामा संलग्न नौ जनालाई पक्राउ गरेको बीबीसीले जनाएको छ ।

पशु अधिकारकर्मीहरूका अनुसार कुकुरहरूलाई विष वा घातक सुई दिइएको थियो । भारतमा सडक जनावरहरूको बारेमा ठूलो बहस भइरहेको बेला र देशको सर्वोच्च अदालतले राजधानी दिल्लीलगायत शहरका सडकहरूलाई छाडा कुकुरहरूबाट कसरी मुक्त गर्ने भन्नेबारेमा निवेदनहरूको सुनुवाइ गरिरहेका बेला यी घटनाहरू सार्वजनिक भएका हुन् ।

भारतका धेरै क्षेत्रहरूमा छाडा जनावरहरू – प्रायः कुकुरसहित गाईवस्तु र बाँदरहरू समस्याका रूपमा रहेका छन् । छाडा जनावरहरूले मानिसहरूमाथि आक्रमण गर्ने, बालीनालीको क्षति गर्ने र ट्राफिक दुर्घटनाहरू पनि निम्त्याउने गरेका छन् ।

पशु अधिकारकर्मीहरूले पशुमाथिको क्रूरतालाई रोक्न देशमा पर्याप्त कडा दण्ड नभएको बताउँदै आएका छन् ।

सङ्घीय सरकारको तथ्याङ्कअनुसार तेलङ्गानामा सन् २०२४ मा कुकुरको टोकाइका झन्डै एक लाख २२ हजार वटा घटना रेकर्ड भएका छन् । तर त्यही अव

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation