चिनमा अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण

काठमाण्डौं । अन्तरिक्ष प्रविधिको विकासतर्फ महत्त्वपूर्ण फड्को मार्दै चीनले अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ । अन्तरिक्ष यानलाई उत्तरपश्चिमी चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘लङ मार्च–२एफ’ वहन रकेट प्रयोग गरी प्रक्षेपण गरिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

सिन्ह्वाका अनुसार, प्रक्षेपण निर्धारित योजना अनुसार सफलतापूर्वक सम्पन्न भएको हो । अन्तरिक्ष यानले कक्षमा रहेर अन्तरिक्ष यानसम्बन्धी विभिन्न महत्त्वपूर्ण प्रविधिहरूको परीक्षण तथा प्रमाणीकरण गर्नेछ । यसमा उडान नियन्त्रण प्रणाली, कक्षीय सञ्चालन, पृथ्वीको वायुमण्डलमा पुनःप्रवेश गर्ने प्रविधि तथा सुरक्षित अवतरण प्रणालीको परीक्षण समावेश छ ।

चिनियाँ अधिकारीहरूले यस मिशनबाट प्राप्त हुने प्राविधिक तथ्याङ्क र अनुभव भविष्यका अन्तरिक्ष यानहरूको डिजाइन र विकासमा प्रयोग गरिने बताएका छन् । यसले अन्तरिक्ष अभियानको लागत घटाउन र दीर्घकालीन अन्तरिक्ष अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation