चिसो मौसममा स्वास्थ्यमा ख्याल राख्न मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिसो मौसमबाट बच्नका लागि स्वास्थ्य सुरक्षा अपनाउन सबैमा आग्रह गरेको छ।

देशभर अत्यधिक चिसो बढेको भन्दै मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी शितलहर, हुस्सु, कुहिरो र हिमपातबाट बच्नका लागि आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।

चिसाले रुघाखोकी, ज्वरा, दम बढ्ने वा सास फेर्न गाह्रो हुने, हाइपोथर्मियाका लक्षणहरु भएका बिरामी बढ्ने गरेको मन्त्रालयले जनाएको छ।

जाडोमा विशेषगरी बालबालिका, गर्भवती, वृद्धवृद्धा, दीर्घ रोगीहरु बढी जोखिममा पर्ने भएकाले चिसोमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि मन्त्रालयले आग्रह गरेको छ। चिसोबाट बच्न धूलो धूँवाबाट बच्ने, पोषणयुक्त सन्तुलिन खान खान, न्यानो लुगा लगाउन, भिटामिन सी पर्याप्त मात्रामा भएका फलफुल तथा प्रशस्त मात्रामा झोलिलो पदार्थ खान मन्त्रालयले सुझाव दिएको छ।

चिसोका कारण देखिने समस्याहरु बढेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वा हेलो स्वास्थ्य कल सेन्टर १११५ बाट परामर्श लिन सकिन्छ।

जाडोयाममा आगो ताप्दा, हिटर वा गिजर प्रयोगका क्रममा विभिन्न घटनाहरु हुने भएकाले सावधानीपूर्वक यसको प्रयोग गर्न मन्त्रालयको सुझाव छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation