समुदायमा आधारित रोग निगरानी निर्देशिका जारी

काठमाण्डौ ।समुदायमा आधारित रोग निगरानी निर्देशिका २०८२ नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको छ ।

समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२ को कार्यान्वयनले जलवायु परिवर्तन र नयाँ संक्रामक रोगहरूको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै, समुदायस्तरमै रोगहरूको शीघ्र पहिचान र नियन्त्रणका लागि एउटा महत्त्वपूर्ण भूमिका खेल्ने जनाएको छ । जसलाई बुदागत रुपमा समावेश गरिएको छ ।

• शीघ्र पहिचान: समुदायमा देखिने अनपेक्षित जनस्वास्थ्य घटना र संक्रामक रोगहरूको तत्काल पहिचान।
• सूचना प्रवाह: महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, शिक्षक र सामाजिक अगुवाहरूमार्फत स्वास्थ्य संस्थामा २४ घण्टाभित्र द्रुत सूचना प्रवाह।
• डिजिटल प्रणाली: SORMAS र EWARS जस्ता आधुनिक डिजिटल प्रणालीमार्फत तथ्यांक संकलन र विश्लेषण।
• तीन तहको समन्वय: संघ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय र जिम्मेवारी बाँडफाँड।
• द्रुत प्रतिकार्य: जोखिमको आधारमा तत्काल रेस्पोन्स टोली (RRT) परिचालन।
तपाईंको समुदायमा कुनै अनपेक्षित स्वास्थ्य समस्या देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ को नम्बर १११५ मा जानकारी गराउनुहोस्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation