काठमाण्डौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेको कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीभित्र असन्तुष्टि बढेपछि समाधानको प्रयास भइरहेको छ।
रास्वपाका प्रवक्ता मनीष झाले यसको निकासका लागि नेतृत्व तहमा संवाद भइरहेको जानकारी दिए।
‘नेतृत्व तहमा संवाद हुँदै छ। समझदारीले यो समस्या समाधान गर्ने गरी छलफल हुन लागेको हो। उज्यालो नेपालभित्र खासगरी समानुपातिक उम्मेदवारको हिस्साका विषयमा असन्तुष्टि बढेको छ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनलाई साक्षी राखी यही पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको समझदारीपत्र हस्ताक्षर भएको थियो। जसअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति हुनेछन्।

















