इक्यान निर्वाचनका लागि खनालको उम्मेदवारी घोषणा

काठमाडौँ। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आसन्न निर्वाचनका लागि गोविन्द खनालले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
उहाँले दिपक राज भुसाल नेतृत्वको प्यानलबाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

देखावटी भन्दा आफूलाई आइपरेको जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने खनाल इक्यानलाई अझ पारदर्शी, उत्तरदायी र आर्थिक रूपमा सुदृढ संस्था बनाउने लक्ष्यका साथ अघि बढेको भनाइ छ। अघिल्लो कार्यकालमा सदस्यको रुपमा इक्यानको अतिरिक्त विभागमा रहेर निर्वाह गर्नुभएको भूमिकाले नै उहाँका कुशलता र क्षमतालाई प्रस्ट पार्ने इक्यान अध्यक्ष शेषराज भट्टराईको दाबी छ।

सह–कोषाध्यक्षको भूमिकालाई संस्थाको आर्थिक विश्वसनीयता र सुशासनसँग प्रत्यक्ष रूपमा जोडिएको जिम्मेवारीका रूपमा लिँदै खनालले इक्यानको कोष व्यवस्थापनलाई थप व्यवस्थित, उत्तरदायी र भरोसायोग्य बनाउने लक्ष्य रहेको उल्लेख छ ।

 सह–कोषाध्यक्षका उम्मेदवार खनालका प्रमुख एजेन्डा

  • पारदर्शी आर्थिक व्यवस्थापन : संस्थाको आय–व्यय स्पष्ट, व्यवस्थित र समयमै प्रस्तुत गर्ने।
  • नियमित लेखा परीक्षण: आन्तरिक तथा बाह्य लेखा परीक्षणलाई प्राथमिकता दिने।
  • बजेट योजना र कार्यान्वयन: वार्षिक बजेट निर्माणमा सहकार्य गरी प्रभावकारी कार्यान्वयन गर्ने।
  • आर्थिक अनुशासन कायम: ECAN को नीति, नियम र विधानअनुसार आर्थिक गतिविधि सञ्चालन गर्ने।
  • डिजिटल लेखा प्रणाली: आय–व्यय अभिलेख डिजिटल प्रणालीमार्फत सुरक्षित राख्ने।
  • शाखा तथा केन्द्रबीच समन्वय: केन्द्र र शाखाहरूको आर्थिक गतिविधिमा सहकार्य र समन्वय बढाउने।
  • आय स्रोत विस्तार : तालिम, सेमिनार र कार्यक्रममार्फत संस्थाको आय बढाउने योजना बनाउने।
  • सदस्य हितमा खर्च व्यवस्थापन: सदस्यहरूको हितलाई केन्द्रमा राखी बजेटको सही उपयोग सुनिश्चित गर्ने।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation