१स३ बर्षिय बानियाँको सफल शल्यक्रिया

काठमाडौँ । वीर अस्पतालमा विश्वमै दुर्लभ न्युरो शल्यक्रिया सफल भएको छ । अस्पतालका न्युरो विभाग प्रमुख डा. राजीव झाको नेतृत्वमा काठमाडौँ कोटेश्वर निवासी १सय३ वर्षीय तोरणकुमारी बानियाँको सफल शल्यक्रिया भएको हो ।

“यो उमेरमा मस्तिष्कको शल्यक्रिया सफल हुनु भनेको विश्वकै लागि उदाहरण हो,” अस्पतालका न्युरो विभाग प्रमुख डा। राजीव झाले भन्नुभयो, “१०३ वर्षमा शल्यक्रिया गर्दा धेरै चुनौती आउँछन्, विश्वमा वृद्ध उमेरमा शल्यक्रिया हँुदैन ।” कोटेश्वर निवासी १०३ वर्षीय वृद्धालाई चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपत्कालीन कक्षमा ल्याइएको थियो । उहाँले जीवनभरि आफ्ना स्वास्थ्य समस्याका लागि कहिल्यै पनि कुनै अस्पतालमा उपचार गराउनुसमेत भएको थिएन ।

डा। झाले दिनुभएको जानकारी अनुसार वृद्धालाई एक महिनादेखि टाउको दुख्ने, लड्ने, बेहोस हुने समस्या रहेको थियो । उहाँको मस्तिष्कमा अत्यधिक रगत जमेको थियो । “रक्तस्राव हुने सम्भावना उत्तिकै थियो,” डा. झाले भन्नुभयो, “यो अवस्थामा शल्यव्रिmयाबाहेक अन्य विकल्प थिएन ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation