अर्घाखाँचीमा निर्वाचनमा मतदातालाई सहि गुण र जिम्मेवारपन देखाउन जरुरी छः प्रकाश भुसाल

अर्घाखाँची जिल्लामा राजनीतिक दलहरूले आगामी निर्वाचनमा मतदातालाई सहि गुण र जिम्मेवारपन देखान आवश्यक रहेको स्वतन्त्र नागरिक प्रकाश भुसालको सुझाव रहेको छ ।
सामाजिक संचाल फेसबुकमा यस्तो छ भनाइ

अर्घाखाँची जिल्लाको एक स्वतन्त्र नागरिक र सचेत मतदाताको हैसियतले आगामी प्रतिनिधि सभा निर्वाचनमा आम मतदातालाई “कसलाई मत दिउँ ?” भनेर गम्भीर रूपमा सोच्न बाध्य पार्ने खालको प्रत्यक्ष उम्मेदवार हामीले खोजिरहेका छौँ— आशीर्वाद , गुटबन्दी र भीडको होइन, चरित्र र क्षमताको आधारमा।
हाम्रा जिल्लाका राजनीतिक दलहरूले कम्तीमा यति गुण भएको उम्मेदवारलाई टिकट दिए पुग्छः
१. जसको नैतिक आचरण कहिल्यै पतन भएको नहोस्,
२. समाजमा देखाउनका लागि मात्रै होइन, व्यवहारमै ढोंग र पाखण्डबाट टाढा होस्,
३. राजनीतिलाई नारा होइन, जिम्मेवारी र आफ्नो भूमिकाको स्पष्ट ज्ञान भएको होस्,
४. जनतालाई तेरो–मेरो मान्छे, दल वा गुटको आधारमा कहिल्यै विभेद नगर्ने होस्,
५. विगतमा कुनै व्यवसाय, पद वा माध्यमबाट जनतालाई ठगेको इतिहास नहोस्,
६. जिल्लाका वास्तविक समस्याहरू बुझ्ने मात्र होइन, समाधानका व्यवहारिक उपाय बोकेको होस्।
हामी विकासको चमत्कार होइन,
इमानदार प्रयास खोजिरहेका छौँ।
ठूला भाषण होइन,
साफ नियत र जवाफदेही प्रतिनिधि चाहिरहेका छौँ।
यत्तिको एउटा योग्य उम्मेदवार उठाउनु भयो भने,
अर्घाखाँचीका सचेत मतदाताले
ढुक्कसँग विश्वास गर्न र निर्धक्क मतदान गर्न सक्छन्।
अब चुनाव कसले जित्छ भन्दा पनि,
जिल्लाले कसलाई पाउनुपर्छ भन्ने बहस सुरु गरौँ।
कम्तीमा सबै दलहरूले योग्य उमेदवार उठाएर जनतालाई कम्तीमा सबै राम्रा छन् भोट कस्लाई दिउँ कस्लाई भन्ने भयो भने पहिलो चरणमा सबै दल पास हुनेछन्
जय अर्घाखाँची
विचार गर्नु है जिल्ला पार्टी प्रमुख ज्युहरु:
तपाईंहरु सबैको पार्टीमा यी गुण भएका नेताहरू पक्कै छ्न होला सवाल यो हो कि तपाईंहरुले कस्लाई अघि सार्नुहुन्छ ?

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation