कांग्रेस दास र लासको पार्टी होइन भन्ने महाधिवेशनबाट पुष्टि

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले ‘कांगे्रसलाई दास र लासको पार्टी नभएको प्रमाणित गर्नुपर्ने चुनौती विशेष महाधिवेशन प्रतिनिधिका काँधमा आएको’ बताएका छन् । काठमाडौं भृकुटीमण्डपमा आइतबारबाट सुरु ‘कांगे्रस दोस्रो विशेष महाधिवेशन’लाई सम्बोधन गर्दै थापाले ‘महाधिवेशनको हलले नीतिमात्र नभई नेतृत्व पनि फेर्न सक्ने भएकाले त्यस हलको निर्णय आफूलाई स्वीकार्य भएको’समेत प्रस्ट पारे ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु महाधिवेशनमा बोल्ने अधिकांश नेताले ‘पार्टीलाई एक्लै सग्लो उभिन सक्ने बनाउन, लोकतन्त्र र जनअधिकार रक्षाका लागि जिम्मेवार भएर उभिन सक्ने बनाउनुपर्ने’मा जोड दिए । विशेष महाधिवेशन उद्घाटन थापाले ‘पार्टी नीति, नेतृत्व’दयगत सोमबार ९आज० बन्दसत्रमा छलफल हुने’ बताए ।

तीन दिनसम्म चल्ने विशेष महाधिवेशन उद्घाटन सत्रमा धारणा राख्ने अधिकांश नेताले कांग्रेस संस्थापकइतरका नेतासमेत स्मरण गरे । मञ्चमा गएर संस्थापक नेताहरूलाई सम्झिरहेका उनीहरूको ‘शैली भने सभापति शेरबहादुर देउवाकैजस्तो देखिएको’ टिप्पणी गरे ।

शेरबहादुरको शैली, बिपी–गणेशमानको सम्झना
नेपाली कांग्रेस महाधिवेशनमा नेताहरूले बिपी, गणेशमान र कृष्णप्रसादको सम्झना गर्दैगर्दा ‘विशेष महाधिवेशनमार्फत विद्रोही स्वभाव प्रदर्शन गरेको’ भन्दै सभापति शेरबहादुर देउवासँग दाजिरहेका थिए । नेपाली कांग्रेसलाई विभाजन गराएर प्रजातान्त्रिक कांगे्रस निर्माण गरेका शेरबहादुर देउवाले पनि ‘गिरिजाप्रसाद कोइराला सभापति र आफू महामन्त्री भएका बेला महामन्त्रीको अधिकार’ भन्दै विशेष महाधिवेशन बोलाएका थिए ।

पार्टी नेतृत्वविरुद्ध विद्रोह गरेका देउवाले अन्ततः पार्टीमा फर्किएर सभापति भएर लामो समय अर्को समूह र दोस्रो पुस्तामाथि शासन गरेको आरोप लगाउँदै महामन्त्रीद्वय शर्मा र थापाहरूले विशेष महाधिवेशन माग गर्दा आफू तयार नभएको आरोप लगाए । जिल्ला–जिल्लाबाट सहभागी प्रतिनिधिले कांग्रेस ‘देउवा शैली’मा विभाजन नभइ अग्रज नेताहरूले देखाएको बाटोमा एकढिक्का भएर अगाडि बढेनुपर्ने’मा जोड दिए ।

‘कांग्रेस विभाजन हुनुभएन, नेताहरूले सुर्वण समशेरदेखि बिपी, कृष्णप्रसाद, गिरिजालगायत नेतालाई सम्झेका छन् । उनीहरूले देखाएको बाटोमा हिँडने प्रतिबद्धता व्यक्त गरे पनि शेरबहादुर देउवाजस्तै पार्टी विभाजन नगरी पार्टीलाई एकढिक्का राख्नुपर्ने हुन्छ’ प्रतिनिधि सीता तामाङले राजधानीसँग भनिन् ।

कांग्रेस जिल्ला कार्यसमिति काठमाडौं सभापति सबुजकृष्ण बानियाँको सभापतित्वमा विशेष महाधिवेशन उद्घाटन सत्र सम्पन्न भएको हो । कांग्रेस केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिको निर्णयविपरित महामन्त्रीद्वय थापा र शर्माले दीप प्रज्वलन गर्दै विशेष महाधिवेशन उद्घाटनका थिए । महाधिवेशनमा ६२ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरको महामन्त्री थापाको दाबी छ ।

पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको मागअनुसार विशेष महाधिवेशन आह्वन गरिएको हो । सभापति देउवासहित संस्थापन समूहका नेताले यसलाई आलटाल गर्न खोजेपछि महामन्त्रीद्वय थापा र शर्मा नै विशेष महाधिवेशन आह्वान गर्न बाध्य भएका हुन् । महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर पार्टी विधानको धारा १७ ९२०बमोजिम विशेषको माग गरेका थिए । देशभरबाट ४ हजार ७ सय ४३ प्रतिनिधि रहेका छन् ।

कांग्रेसको जारी विशेष महाधिवेशनले नीति, विचार, नेतृत्व चयनलगायत विषयमा छलफल गर्दै छ । तर, विशेष महाधिवेशन उद्घाटन सत्रमा राजतन्त्र पुनस्र्थापना मागसमेत उठेको छ । कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले २०४७ सालको संविधान र राजतन्त्र’दयगत पुनर्विचार गर्नुपर्ने माग गरेका हुन् । उनले कांग्रेसलाई कम्युनिस्ट मुक्त बनाउँदै राजतन्त्र’दयगत पुनर्विचार गर्नुपर्नेमा जोड दिए ।

‘प्रजातन्त्रको ठाउँमा लोकतन्त्र हुन सक्दैन । हामी कहिल्यै लोकतन्त्रका लागि लडेनौं । कांग्रेसले लोकतन्त्र र समाजवाद पनि हटाउनु पर्छ,’ शर्माले भने, ‘प्रजातन्त्रका ठाउँमा लोकतन्त्र नराख्न र समाजवाद र संवैधानिक राजतन्त्र’दयगत पुनर्विचार गर्नुपर्छ ।’

‘कांग्रेस फुट्दैन’
कां ग्रेसको नेतृत्व चयनलगायत विषयमा निर्णय गर्न विशेष महाधिवेशन सुरु भएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन उद्घाटन सत्र चल्दैगर्दा उता कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेताले ‘पार्टी विभाजन नहुने’ निष्कर्ष निकालेको छ । देउवा निवास महाराजगन्जमा आइतबार साँझ भएको छलफलले ‘पार्टी विभाजन नहुने’ निष्कर्ष निकालेको हो । तर, यता भृकुटीमण्डपको विशेष महाधिवेशनले नेतृत्व पनि चयन गर्दै सम्पन्न गर्नुपर्ने दबाब प्रतिनिधिले दिएका छन् ।

देउवानिकट केही नेता भृकुटीमण्डपको विशेष महाधिवेशनमा सहभागी भएपछि देउवाले आक्रोश व्यक्त गरेका छन् । थापा–शर्मा समूहले बहुमत पु¥याएर पार्टी नेतृत्व परिवर्तन गर्दै अघि बढे ‘निर्वाचन आयोगले कस्तो निर्णय गर्छ रु’ भन्ने’दयगतसमेत नेताहरूले चिन्ता तथा चासो व्यक्त गरेका छन् । कतिपय नेताले कांगे्रसको आन्तरिक विवादका कारण आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचन नै सार्ने षड्यन्त्र भइरहेकोमा चिन्ता व्यक्त गरे ।

कांगे्रसमा ‘२१ फागुनअघि नै १५औं महाधिवेशन वा विशेष महाधिवेशन गर्नुपर्ने’ पक्षमा थापा–शर्मा समूह उभिँदै आएको थियो । तर, संस्थापन पक्ष क्रियाशील सदस्यता टुंगो नलागेको र प्रतिनिधिसभा निर्वाचनको कारण देखाउँदै तोकिएको नियमित महाधिवेशन निर्वाचनपछि गर्ने अडानमा छ । त्यसअनुसार कांग्रेसले कार्यतालिका परिमार्जन गर्दै २८–३१ वैशाख २०८३ मा निर्वाचनपछि नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

ज्युँदा मान्छेको पार्टीजस्तो बनाऔं
कांग्रेसलाई ज्यूँदो मानिसको पार्टीजस्तो देखाउनुपर्छ । कांगे्रस दास र लासहरूको पार्टी होइन, ज्यँदो मानिसको पार्टी हो । कांगे्रसमा प्रश्न मरेको छैन । यहाँ कुनै ‘बा’ छैन, जसले ‘नबोल’ भन्दा बोल्न छोड्नुपर्दैन । महाधिवेशन प्रतिनिधिले पार्टी नीति र नेतृत्व दुबै बदल्न माग गरेका छन् । प्रतिनिधिले नीति पनि बदल्ने नेता पनि बदल्ने भनेर माग्नुभएको छ । विशेष महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिले के निर्णय गर्ने हो रु थाहा छैन । विशेष महाधिवेशनका निर्णय पार्टीले कार्यान्वयन गर्नुपर्छ । विशेष महाधिवेशन कहाँ गएर टुंगिन्छ रु भन्ने मलाई थाहा छैन । महाधिवेशन प्रतिनिधि बोलाएर आएका पाहुनामात्रै हुन् ।

कांग्रेस पुरानै ढंगले नयाँ यात्रा गर्न सक्दैन
कांग्रेसले अब पुरानै ढंगले नयाँ यात्रा र नयाँ भविष्य बनाउन सक्दैन । अहिलेको परिस्थिति सामना गर्न, नयाँ परिस्थिति निर्माण गर्न नयाँ सोच बनाउनुर्छ । पुरानै आनीबानी राखेर नयाँ भविष्य बनाउन सकिँदैन र यो उपस्थितिले कांगे्रस बदल्नेमात्र होइन, देश बदल्ने सोच राखेको छ । हिजोभन्दा आज कांगे्रस आफूभित्रको चुनौती सामना गरिरहेको छ । कांग्रेसलाई एक शसक्त पार्टी बनाउन सबैको योग्दान छ । आगामी निर्वाचनमा कुनै पनि कांग्रेसीले सूर्य, हसिया हतौडा वा अन्य चुनाव चिह्नमा मतदान गर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।

३५ केन्द्रीय सदस्य सहभागी
सं स्थापन पक्षले ‘महाधिवेशन स्थागित गर्न गरेको’ आग्रह अस्वीकार गर्दै भृकुटीमण्डपमा सुरु महाधिवेशनमा ३५ भन्दा बढी केन्द्रीय सदस्य सहभागी छन् । जसमा सभापति देउवा पक्षकै नेतासमेत छन् । सहमहामन्त्री फरमुल्लाह मन्सुर, पूर्वउपसभापति गोमालमान श्रेष्ठ, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीलगायत महाधिवेशन पक्षमा छन् । १५७ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यमध्ये चन्द्र भण्डारी, प्रदीप पौडेल, प्रतिमा गौतम, प्रकाश रसाइली, अजयबाबु शिवाकोटी, महेश आचार्य, मधु आचार्य, मुक्ता यादव, अमृत अर्याल, मोहन आचार्य, महेन्द्रकुमार यादवलगायत नेता महाधिवेशनमा सहभागी छन् ।

महाधिवेशनमा संस्थापन पक्षका नेता विनोद चौधरी, उदय शम्शेर राणा, डा।डीला संग्रौला, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल, नानु बास्तोला, योगेन्द्र चौधरी, ध्रुव वाग्ले, बहादुरसिंह लामा तामाङ, अर्जुन जोशी, गोपाल दहित, चिनकाजी श्रेष्ठ, कर्णबहादुर बुढा, जानकी सिंह, अब्दुल सत्तार, आङगेलु शेर्पा र दिलमान पाख्रिनसमेत सहभागी छन् ।

अस्तव्यस्त महाधिवेशनस्थल
विशेष महाधिवेशनस्थल भृकुटीमण्डप आइतबार अस्तव्यस्त रह्यो । देशभरबाट आएका प्रतिनिधिलाई सबैभन्दा बढी शौचालयको समस्याले सताएको छ । आयोजकको कमजोरीका कारण प्रतिनिधिलाई ‘शौच गर्न समस्या भएको’ भन्दै गुनासो पोखेका छन् । भृकुटीमण्डमा एउटा सार्वजनिक शौचालय छ ।

तर, त्यहाँ लामो लाइन लागेर शौच गर्नुपर्ने र शौचालयभित्र फोहरैहोहर रहेको महाधिवेशन प्रतिनिधि लक्ष्मी खरेलले दुखेसो पोखिन् । त्यस्तै, महाधिवेशनस्थलमा एक घुम्ती शौचालय भए पनि त्यसभित्र पनि होहरैफोर रहेको देखिन्छ । त्यसमाथि घुम्ती शौचालयमा पानीसमेत छैन । शौचालयभित्रै मलमूत्र यत्रतत्र देखिन्छन् ।आजको राजधानी दैनिकबाट साभार

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation