डक्टर मिश्रासँग ५ लाख रुपैयाँ धरौटी माग

काठमाण्डौ । भ्रष्टाचार मुद्दामा विशेष अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. सङ्गीता मिश्रासँग ५ लाख रुपैयाँ धरौटी मागेको छ । न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले आज मिश्रसँग धरौटी मागेको हो ।

म्यामोग्राफी मेशिन खरिदमा अनियमितता गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको कात्तिक २ गते स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा। कौशल मिश्रसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो । उनीहरूले झुट्टा–बीलबीजक, गलत प्रतिवेदन र मिलेमतोका आधारमा राज्यलाई झन्डै १४ करोड ६ लाख ८५ हजार रुपैयाँ हानि पुर्‍याएको अख्तियारको आरोप छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation