समग्र स्वास्थ्यको आधार, मुख

काठमाण्डौं ।दुई दशकसम्म दन्त स्वास्थ्य केवल दाँत दुखाइ, मुख सुन्निने, दाँत सिरिङ्ग हुने जस्ता समस्या समाधानमा केन्द्रित थियो । तर अहिले यो दाँतको मात्रै नभएर समग्र शरीरको स्वास्थ्यको विषय हो भन्ने प्रमाणित भइसकेको छ ।

लगभग ९० प्रतिशत प्रणालीगत रोगहरूको पहिलो लक्षण मुखमा देखिन्छ भन्ने कुरा विभिन्न अनुसन्धान पत्ता लगाएका छन् । त्यसैले अब जनस्वास्थ्य सवालमा दन्त विशेषज्ञता महत्त्वपूर्ण स्तम्भको रूपमा उभिएको छ ।

मुख स्वस्थ्य राख्न अपनाइने उपायहरूले दीर्घकालीन रोगबाट बचाउन पनि महत्वपूर्ण भूमिका खेल्छ ।

मुख हाम्रो सम्पूर्ण शरीर स्वास्थ्यको ऐना हो र यो केवल भनाइ मात्र हैन विज्ञान हो । अनुसन्धानले भन्छ कि, गिजासम्बन्धी रोगहरू छ भने मुटुको रोग जोखिम दुई(तीन गुणा बढी हुन्छ। प्रणालीगत रोगहरूको मुख स्वास्थ्यसँग पनि अन्तरसम्बन्ध छ । मुख स्वास्थ्यको उपेक्षा गर्नेहरू मधुमेह र अल्झाइमर जस्ता रोगको जोखिममा हुन्छन् ।

गर्भधारण गर्ने महिलामा पनि मुख स्वास्थ्य नराम्रो हुँदा समस्याहरू आउन सक्छन् । मुख स्वास्थ्यको बेवास्था गर्नाले यसको प्रभाव विभिन्न सास(प्रश्वास सम्बन्धी रोगदेखि अन्य रोगहरूमा पनि देखिन्छ।

यस कारण मुख स्वास्थ्यको हेरचाहले केवल मुख स्वास्थ्य मात्र राम्रो हुने होइन यसले सम्पूर्ण स्वास्थ्यमा सकारात्मक असर पुर्‍याउँछ । रोकथाम र बचाउका उपायले दुखाइ सहनु पर्दैन अनि समय र पैसाको बचत हुन्छ । नियमित दन्त विशेषज्ञसँग परामर्श लिँदा शारीरिक प्रणालीगत र दीर्घकालीन रोगहरूको जोखिमबाट बच्न मद्दत पुग्छ । अहिले हामीसँग भएको प्रविधिबाट दाँतमा कीरा लाग्न लागेको सुरुवाती अवस्थामै डिजिटल प्रविधिबाट नै पत्ता लाउने गरेको छ।

त्यही भएर आधुनिक जनस्वास्थ्य तथा रोकथाम दन्त विशेषज्ञता दाँत निकाल्ने, दाँत भर्ने आदि भन्दा अगाडि गएर यसले अन्य स्वास्थ्य समस्याका प्रारम्भिक चेतावनीलाई समेत ध्यान दिन्छ । रोग गम्भीर हुनुभन्दा अगाडि नै सचेत गराउन मद्दत पुग्छ ।

मुख स्वास्थ्यको बचाउ कसरी गर्ने रु

१० डिजिटल प्रविधिबाट सम्पूर्ण मुखको जाँच गर्ने ।

२० व्यावसायिक दन्त सफाइ गर्ने, जसले गिजा रोगको जोखिम घटाउँछ।

३० दन्त पुनर्स्थापना, फ्लोराइड, सिलेन्ट आदि उपचार विधिहरू अपनाउने ।

४० स्वस्थ जीवनशैली अपनाउने ।

हामी सबैले सुन्दै आएका छौं( रोग लाग्नुभन्दा रोग नहुन दिनु नै उत्तम हो । तर यो भनाइमा मात्र सीमित छ यो हाम्रो जीवनको यथार्थ हुन सकेको छैन । हामी रोग अन्तिम अवस्थामा आइपुग्दा बल्ल स्वास्थ्य सेवा लिन पुग्छौं ।

त्यसमा पनि मुख स्वास्थ्यलाई त हामीले अन्तिम जाँचका लागि छोड्छौं । त्यसैले जनस्वास्थ्य र रोकथाम दन्त विशेषज्ञता केवल मुखसम्बन्धी रोगहरूलाई मात्र बचाउ गर्दैन, यसले समग्र जीवन नै बचाउँछ । आजै मुख स्वास्थ्यप्रति सजग बनौँ र स्वास्थ्य रहौँ ।यो लेख दीपक ठाकुरले अनलाइन खबरेमा लेखेका छनत ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation