स्वास्थ्य बिमा गरेकाले २५ हजारको ओपिडी सेवा लिन पाउने

काठमाडौँ। अबदेखि स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारको मात्र बहिंरग (ओपिडी ) सेवा लिन पाउने भएका छन् ।

स्वास्थ्य बिमा बोर्डको बोर्डका सूचना अधिकृत विकेश मल्लले बोर्ड बैठकले अब देखि बिमितले २५ हजार सम्मको मात्र ओपिडी सेवा लिन सक्ने गरि नियम बनाएको जानकारी दिनुभयो।

मल्लका अनुसार यो नियम फागुन १ गतेदेखि कार्यान्वयनमा ल्याउन लागिएको हो । हालसम्म बिमितले चाहे जति रकम ओपिडीमा खर्च गर्न सक्ने व्यवस्था थियो । तर, फागुन १ गतेबाट ओपिडी सेवामा २५ हजारभन्दा बढी खर्च भएमा बिरामीले आफूले शुल्क तिरेर थप उपचार लिनुपर्ने छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation