अनिल नेपाली ,पुष २३ अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का महिलाहरुले मादल बजाउन सिकेका छन् । महिला शसक्तिकरणको बजेट अन्तर्गत महिलाहरुको मागका आधारमा मादल बजाउने १० दिने तालिम प्रदान गरेसंगै बजाउन सिकेको प्रशिक्षार्थी विमला केसीले भनाइ छ ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का अध्यक्ष चुरा बहादुर केसीले मन्तब्य राख्दै बढ्दो सूचना र प्रविधिका कारण परम्परागत बाजा, लोक बाजाहरुको प्रयोग र यसको संरक्षणमा कमी आएको बेला वडाले यो तालिमको आयोजना गरेको बताउनुभएको हो ।
महिलाहरुलाई सिपयुक्त तालिमहरु प्रदान गरी आर्थिक रुपमा सबल बनाउने वडाको लक्ष्य रहेको बताए अध्यक्ष केसीले वडाले प्रदान गरेका सिपयुक्त तालिमएपछि व्यवहारमा उर्तानुपर्ने बताउँदै महिलालाई व्यवसायिक रुपमा थप अगाडि बढाउन आफू प्रतिवद्ध रहेको बताउनुभएको थियो ।कार्यक्रममा वडा सदस्य मिना ज्ञवालीले देख्दा र सुन्दा सामान्य मानेता पनि यो कार्यक्रम उपलब्धिमुलक हुने भनाइ राख्नुभएको हो ।कार्यक्रममा वडा सदस्य डुकलाल पोखेल पुष्पा नेपाली सबओभरसियर मेगराज पोखेल लगायत समाजसेवी सचारकर्मी लगायतको उपस्थिति रहेको कार्यक्रम वडा सचिव सीता बिसि पराजुलीको सञ्चालनमा सम्पन्न भएको थियोे ।

















