कलाकार सुनिल थापाको निधन

काठमाण्डौं । कलाकार सुनिल थापाको निधन भएको छ।हृदयाघात भएपछि थापालाई उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो। उपचारकै क्रममा उनको निधन भएको थापा निकट रहेका कलाकार वील्सन विक्रम राईले जानकारी दिएका छन्। चलचित्र क्षेत्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

नेपाली चलचित्रमा ‘खलनायक’ को भूमिकामा उनी बढि देखिएका छन्। थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए।
छोराहरू भारतमा रहेकाले उनीहरू आउने तरखर गर्दै गरेको र नजिकका आफन्तहरू लुभुमा रहेकाले उनीहरू आउने प्रतीक्षा भइरहेको अभिनेता राईले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation