काठमाण्डौं ।निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने निर्वाचनसम्बन्धी चेतनामूलक टिकटक भिडियो प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा उत्कृष्ट तीन भिडियोलाई पहिलो ५० हजार, दोस्रो ३० हजार र तेस्रो २० हजार रुपैयाँ नगद पुरस्कार दिइने आयोगले जनाएको छ।
भिडियोमा निर्वाचन प्रचारप्रसार, आचारसंहिता तथा मतदाता शिक्षा समावेश हुनुपर्नेछ र लिंक फागुन ३ देखि १७ गतेभित्र आयोगको इमेलमा पठाउनुपर्नेछ।


















