एन्फाद्वारा राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू १९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ।

यू १९ टीमका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले च्याम्पियनसिपका लागि ६७ सदस्यीय प्रारम्भिक राष्ट्रिय टोलीको घोषणा गरेका हुन् । एन्फाले अघिल्लो टोलीमा बोलाइएको खेलाडीहरूको नामवाली समेत सार्वजनिक गरेको छ। गत मंगलबार एन्फाले श्रेष्ठलाई घरेलु टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । एन्फाको आयोजनामा पोखरामा यस वर्ष साफ यू१९ महिला च्याम्पियनसिप आयोजना हुने भएको छ।

सोही प्रतियोगिता यहि जनवरी ३१ देखि फेब्रुअरी ७ तारिखसम्म सञ्चालन हुने भएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation