काठमाण्डौ । त्रिभुवन आर्मी क्बल र हेल्प नेपाल स्पोर्टस क्लब नवौं एनभीए भलिबल च्याम्पियनशिपको पुरुषतर्फको फाइनलमा पुगेका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रलाई र हेल्प नेपालले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनलमा पुगेका हुन् ।
आर्मीले रुकुमलाई ३–२ को सेटमा हरायो ।
यसैगरी महिलातर्फ न्यु डायमन्ड भलिबल क्लब र नेपाल पुलिस क्लब फाइनलमा पुगेका छन् । आज भएको पहिलो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो ।
महिला र पुरुष दुवैतर्फको फाइनल खेल आज हुनेछ । महिलाको फाइनल खेल दिउँसो १ बजे र पुरुषको फाइनल खेल दिउँसो साढे ३ बजे शुरु हुनेछ ।

















