चर्चित गायक तामाङको निधन

एजेन्सी । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ ।तामाङको आइतबार बिहान नयाँ दिल्लीमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको हो। इन्डियन आइडल विजेता बनेपछि चर्चामा रहेका तामाङ पछिल्लो समय सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ अभिनयरत थिए । जसको डबिङ समेत बाँकी रहेको छ । तामाङले नेपाली फिल्म, ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायत नेपाली फिल्म अभिनय गरेका छन् ।

भारतीय मूलका नेपालीभाषी गायक तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुन् । गायक तामाङको केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै नेपाली गीतमा स्वर पनि दिएका छन् । तामाङ पछिल्लो समय दिल्लीमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation