आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालको खेल सुरु हुँदै

काठमाडौ । आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट नेपालमा आजदेखि सुरु हुँदै छ। नेपालले पहिलो दिन थाइल्यान्डसँग खेलेर विश्वकपमा चयनका लागि अन्तिम अवसरका रूपमा रहेको यस प्रतियोगितामा सुरुवात गर्ने छ। खेल विहान ९ बजे सुरु हुनेछ।

नेपाली क्रिकेट टिमकी कप्तान इन्दु बर्माले घरेलु मैदानमा विश्वकप छनोट जस्तो ठुलो प्रतियोगिता भएकाले आफ्नो टिम उत्साहित रहेको बताइन्। उनले भनिन्, “१८ वर्षपछि यो अवसर मिलेको छ । घरेलु मैदानमा मी राम्रो खेल्ने छौँ । टिम मानसिक रूपमा बलियो पनि छ।”

नेपालले आयोजना गर्न लागेको यो हालसम्मकै आइसिसीको ठुलो प्रतियोगिता हो। प्रतियोगितामा विश्व महिला क्रिकेटका ठूला टिम पनि छन्। कप्तान इन्दुले भनिन् “ठूला टिमसँग खेल्ने अवसर मिलेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation